लोकप्रिय ओटीटी प्लेटफर्म एमएसएममा नयाँ फिल्म ‘ज्वाइँ साब’ रिलिज भएको छ । आजबाट यो फिल्मलाई ओटीटीमा रिलिज गरिएको हो । वसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् ।
आजबाट यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको । हलमा दर्शकले राम्रै साथ दिएको यो फिल्मलाई दर्शकले ओटीटीमा पनि मन पराउने विश्वास गरिएको छ ।
कमेडी जनरामा तयार भएको यो फिल्मले एक जना युवतीका लागि युवक छान्नका लागि गरिएको प्रतिस्पर्धाको कथा भन्छ ।
एमएसएम एपमा वैशाख १ गते फिल्म ‘छक्का पन्जा ५’ पनि रिलिज भइसकेको छ । यो फिल्म पनि दशैंमा ‘ज्वाइँ साब’सँग नै रिलिज भएको थियो ।
यता, यही दिनमा नै हलमा लागेको अर्को फिल्म ‘१२ गाउँ’ पनि एमएसएम एपमा रिलिज हुँदैछ । यो फिल्म पनि केही सातामै सार्वजनिक हुने बताइएको छ । गतबर्षको सर्वाधिक धेरै कमाई गर्ने दोस्रो फिल्म हो ‘१२ गाउँ’ ।
विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्ममा विराज र उनका छोरा समीर भट्टको मुख्य भूमिका छ ।
प्रतिक्रिया