वैशाखको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ऊनको स्विटर’को प्रचारलाई प्रभावकारी बनाउने उद्देश्यले यसको निर्माणपक्षले सांगीतिक कार्यक्रम र संवाद गर्ने भएको छ ।
गायक सुजन चापागाँइसहित प्रमुख कलाकारहरु देश दौडाहामा छन् । ‘ऊनको स्विटर साँझ विथ सुजन चापागाँई’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
सुजनसँगै फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर, परिक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, निर्देशक नविन चौहान यो कार्यक्रममा सहभागी हुनेछन् ।
पोखराको लेक साइडस्थित चोकमा आज अपरान्ह ४ बजेबाट यो कार्यक्रम आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समुहले ‘मखमली’ गीतमा र फिल्मका कलाकारहरु एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् ।
सुजनले भने ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् । यस्तै, वैशाख १८ गते साँझ ५ बजेबाट कार्यक्रम हुनेछ । धरानमा गायिका झुमा लिम्बु र सुनिता थेमीको विशेष प्रस्तुति रहनेछ ।
प्रतिक्रिया