काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच केहीबेरमा वार्ता हुँदैछ। शिक्षामन्त्री रघुजी पन्तले वार्ताको आह्वान गरेलगत्तै शिक्षकहरू वार्तामा बस्न सहमत भएका हुन् ।
वार्तामा महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासंघकी सहअध्यक्ष एवं आन्दोलनकी संयोजक नानुमाया पराजुली, अर्थ उपमहासचिव मदनराज जोशी र सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षा मन्त्रालयका तर्फबाट शिक्षा सचिव दीपक काफ्ले सहभागी हुने भएका छन्। आन्दोलनरत शिक्षकका तर्फबाट २५ जना सिंहदरबार पुगिसकेका छन् ।
सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई घर फर्काउन र विद्यालय सञ्चालन हुने वातावरण तयार गर्न अन्तरिम आदेश जारी गरेपछि सरकारसँग वार्तामा बस्न शिक्षक महासंघ तयार भएको हो । शिक्षकहरू शिक्षा ऐन जारी हुनुपर्ने मागसहित २५ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षकको आन्दोलनकै कारण कक्षा १२ को परीक्षा १० दिनपछि सरेको छ । एसइइको उत्तरपुस्तिका परीक्षण कार्य रोकिएको छ ।
प्रतिक्रिया