शिक्षा मन्त्रालयले वार्ता टोली बनाउन नदिएपछि शिक्षक महासंघ सिंहदरबारबाट बाहिरियो


काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि सरकारसँग वार्ता नै नगरी फर्किेएको छ । शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार वार्ताका लागि शिक्षक महासंघलाई बोलाएका थिए । जसअनुसार २५ सदस्यीय टोली सिंहदरबार पुगेको थियो । तर वार्तामा प्रतिनिधित्व गर्ने सहभागीहरु शिक्षा मन्त्रालयले नै तोकेको हुनुपर्ने भनिएपछि शिक्षकहरू वार्ता नै नगरी फर्किएका हुन् ।

‘शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको व्यहोरा जानकारी गराउँछौं । आज २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं, तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

शिक्षक महासंघका प्रतिनिधि बाहिरिएपछि सरकार र शिक्षकबीच हुने भनिएको औपचारिक वार्ता अनिश्चित भएको छ । शिक्षकहरू शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २५ दिनदेखि आन्दोलनमा छन् ।