ओली र देउवाबीच दुई घन्टा वार्तापछि सरकार परिवर्तनको हल्ला समाप्त


काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति बालुवाटारमा भएको दुई घन्टा लामो छलफलपछि सरकार परिवर्तनको हल्ला समाप्त भएको छ । अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई राखेर ओली र देउवाबीच भेटवार्ता भएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार ढल्ने बाराम्बारको अभिव्यक्तिपछि ओली र देउवाबीच भेटवार्ता भएको हो । सत्तारुढ कांग्रेसमै पनि सरकार सञ्चालनको विषयलाई लिएर असन्तुष्टि बढ्दो छ ।

मुलुकमा अस्थिरता सिर्जना गर्ने तत्व सक्रिय भएपछि ओली र देउवाबीच बालुवाटारमा सघन वार्ता भएको थियो । भेटवार्तामा यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको छ। सम्भवतः आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नेछ ।

ओली र देउवा यसअघि नै डा. गुणाकर भट्टलाई गभर्नर बनाउन सहमत भइसकेका छन्। गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको थियो। तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने र बिहीबारसम्म गभर्नर नियुक्त गरिसक्ने समझदारी नेताहरूबीच बनेको छ।
सम्भवतः आइतबार नै आन्दोलनरत शिक्षकसँग सरकारले वार्ता गर्ने भएको छ । वार्तापछि शिक्षक घर फर्किने र स्कुल सञ्चालन हुने अपेक्षा कांग्रेस एमाले ने