काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जारी शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको आशंका गरेका छन् । एक महिना हुनै लाग्दा शिक्षक आन्दोलनका बेला सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम राजनीतिक बढी भएको उनको ठम्याइँ छ ।
कतिपय शिक्षकहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेकाले शिक्षक आन्दोलन विचलित हुन थालेको नेता ज्ञवालीको निष्कर्ष छ । ‘आगोमा घिउ थप्न कसिनुभएको छ माओवादी साथीहरू, जसले नयाँ संविधान बनेपछि सबैभन्दा धेरै शिक्षा मन्त्रालय सम्हाल्नुभयो (गिरिराजमणि, डिआर पौडेल, फेरि गिरिराजमणि र देवेन्द्र पौडेलं) ।
तत्कालीन सरकारले ‘विद्यालयसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक’ संसदमा दर्ता गराएपछि शिक्षक साथीहरू आन्दोलनमा उत्रिनुभयो र त्यसै क्रममा २०८० असोज ५ गते सरकार र शिक्षक महासंघबिच सम्झौता भयो । तर प्रस्तावित विधेयक र सम्झौताका दफाहरूमा ठुलो विरोधाभास थियो,’ ज्ञवालीले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेका सांसदहरूले विधेयकमाथिको सैध्दान्तिक छलफलमा उक्त विधेयकलाई सम्झौताको मर्मअनुरूप पुनर्लेखन गरेर मात्र अगाडि बढाउन माग गर्नुभयो, तर सरकार सु्न्न तयारै भएन । आजको जटिलता त्यहीँबाट सिर्जना भएको हो( सम्झौता एकातिर छ, विधेयक अर्कातिर । तर साथीहरू तथ्यमा पर्दा हालेर पानीमाथि ओभानो बन्दै हुनुहुन्छ ।’
प्रतिक्रिया