काठमाडौं । शिक्षक आन्दोलनमा समर्थन जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्किएका छन् । अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलनस्थलमा पुगेर ऐक्यबद्धता जनाउन पुगेकोमा शिक्षकहरूले नाराबाजी गर्दै त्यहाँबाट फर्कन भनेपछि कालोनीलो हुँदै फर्किएका थिए ।
उनीहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्यहाँ भाषण गर्ने योजनासहित पुगेका थिए । एकीकृत समाजवादीले आइतबार शिक्षक आन्दोलनलाई समर्थन जनाएको थियो । आइतबारको आन्दोलनमा प्रहरीले शिक्षकमाथि दमन गरेको आरोप लगाएको थियो ।
सोमबार बिहान एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतले शिक्षक आन्दोलनमा सलाई बोकेर आगो सल्काउन सक्ने भन्दै सचेत हुन आह्वान गरेका थिए । त्यसलगत्तै शिक्षकहरूले माधव नेपाललगायतका नेताविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया