जेठबाट होम प्रोडक्सनको फिल्म सुरु गर्दैछन् अनमोल



बाहिरी व्यानरका फिल्मबाट लगालग प्रस्ताव आएपनि नायक अनमोल केसीले भने होम प्रोडक्सनकै फिल्मलाई महत्व दिएका छन् । फिल्म ‘क्याप्टेन’पछि होम प्रोडक्सनको फिल्मलाई समय दिन नसकेका अनमोल अब भने आफ्ना पिता भुवन केसीकै निर्देशनमा बन्ने फिल्ममा काम गर्न तयार भएका हुन् ।

अनमोलले काम गर्न लागेको फिल्मको नाम सार्वजनिक भएको छैन । तर, अनमोलले काम गर्न लागेको फिल्मलाई पूर्णतया लभ स्टोरी कथामा निर्माण गर्न लागिएको वुझिएको छ ।

यो फिल्मको स्क्रिप्ट लक भएको छ । फिल्मको लोकेशन हेरेर पनि भुवन केसी र उनको टिम फर्किसकेको छ ।

अनमोलको यो फिल्मलाई दुई चरणमा खिच्ने तयारी गरिएको छ । जेठको तेस्रो साता केही दिन खिच्ने र त्यसपछि भदौमा फिल्म खिच्ने तयारी भुवनको छ । फिल्मका लागि अरु कलाकार को–को हुन् भन्ने खुलेको छैन ।

अनमोल अभिनित फिल्म ‘जेरी अन टप’को छायांकन पनि अझै १५ दिन बाँकी छ । यो फिल्मलाई असोजको ३१ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरिसकेको छ ।