गायकहरु नायक बन्ने क्रम चलिरहेको छ । कोही सफल त कोही असफल छन् । तर, धमाधम फिल्ममा काम गरिरहेका छन् ।
अब, गायक प्रकाश दुतराज पनि फिल्ममा देखिने पक्का भएको छ । हाल, उनी पाँचथरमा फिल्म ‘आहुती’को छायांकन गरिरहेका छन् ।
यो फिल्ममा उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गरिरहेका छन् । उनले, केही टिकटक भिडियो बनाउँदै साम्राज्ञीसँग काम गरिरहेको फ्यानहरुलाई जानकारी पनि दिएका छन् । फिल्ममा रिहान गिरीको पनि मुख्य भूमिका छ ।
यो फिल्ममा प्रकाश र साम्राज्ञी अपोजिटमा देखिएको वुझिएको छ । दुवै जना ग्रामिण पात्रको भूमिकामा देखिएका छन् । भवानी संग्रौलाको निर्माण तथा निर्देशनमा तयार भइरहेको यो फिल्मलाई अनिल संग्रौला मुभी मेकरको व्यानरमा निर्माण गरिएको हो ।
फिल्मको हाल पहिलो र दोस्रो भागको छायांकन भइरहेको छ । पहिलो भागमा प्रकाश र साम्राज्ञी देखिएका छन् । दोस्रो भागमा रिहानको प्रवेश हुनेछ ।
रिहान र प्रकाश पेशाले दुबै गायक हुन् । यसैले, पनि यो फिल्ममा यी दुइको उपस्थितीले कौतुहलता जगाएको छ ।
प्रतिक्रिया