फिल्म ‘नाई नभन्नु ल ६’मा नायिका आँचल शर्मासँग जोडी बाँधेर काम गरेका कलाकार आर्शीवाद क्षेत्रीको करिअर अपेक्षित रुपमा अगाडि बढ्न सकिरहेको छैन ।
तर, उनले विस्तारै आफ्नो करिअरको गती अगाडि बढाइरहेको छन् । उनले फिल्म ‘श्री बुकुरो’मा काम गरिसकेका छन् । अब, आर्शीवादलाई दर्शकले फिल्म ‘माया प्रिती’मा देख्न पाउनेछन् ।
यो फिल्ममा नायिका दिव्या रायमाझीले काम गर्ने पक्का भइसकेको छ । आर्शीवाद र दिव्याको जोडी अब पर्दामा देखिन लागेको हो ।
यो फिल्मको हाल प्रि–प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्मलाई अभि श्रेष्ठले निर्देशन गर्दैछन् । यो फिल्मको टिम केही समयदेखि वर्कशपमा व्यस्त छ । वन टु थ्री स्टुडियोज प्रा.लिको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा श्याम तामाङको छायांकन रहनेछ ।
फिल्मको कार्यकारी निर्माता निशा अधिकारी हुन् ।
प्रतिक्रिया