‘जार’ प्रिमियरका लागि सौगात, अनुप सिक्किम लागे



फिल्म ‘जार’को पहिलो प्रिमियर सिक्किममा हुने भएको छ । यसका लागि फिल्मको टिम सिक्किम प्रस्थान गरेको छ ।

वैशाखको २६ गतेबाट नेपालमा रिलिज हुन लागेको यो फिल्मको प्रिमियर वुधबार सिक्किमको गान्तोकमा हुँदैछ । फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्धय सौगात मल्ल र अनुप विक्रम शाही, गायिका झुमा लिम्बुसहितको टोली मंगलबार सिक्किम प्रस्थान गरेको हो ।

प्रिमियरमा फिल्म, कला, साहित्य क्षेत्रका साथै विभिन्न राजनीतिज्ञ, व्यापारी र समाजसेवीहरुको उपस्थिती रहने वुझिएको छ ।

यस्तै, मे ३ मा यो फिल्मको सिलगुढीमा प्रिमियर हुनेछ । स्थानीय दर्शक तथा शुभचिन्तकहरुसँग फिल्म हेरेर प्रतिक्रिया लिने, दार्जिलिङमा फिल्मको प्रचार गर्ने योजना यसको टिमले बनाएको छ ।

इन्द्रबहादुर राइको ऐतिहासिक कथामा आधारित यो फिल्ममा गीताञ्जली थापाको पनि मुख्य भूमिका छ । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राइको सम्पादन छ । फिल्ममा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चाको लगानी छ ।