नायक पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’को फस्टलुक रिलिज गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको फस्टलुक आकर्षक छ । फिल्मको विषयमा फस्टलुकले केही कुरा वुझाउन खोजेको निर्देशक प्रतिकको भनाई छ । यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ ।
सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ । पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरेको देख्न सकिन्छ । बेनिशाको अनुहारमा डर भाव छ भने नीति हर्षित मुद्रामा देखिन्छिन् ।
फिल्मको पोष्टरमा यसको नाम र लोगोलाई ठूलो स्थान दिइएको छ । यो फिल्ममा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।
लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो ।
प्रतिक्रिया