काठमाडौं – भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल भ्रमणमा आएका छन्। बुधबार बिहान काठमाडौं आइपुगेका उनी शुक्रबार फर्किने कार्यक्रम छ। चौथाईवालेले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता पक्ष एवं विपक्षी दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्रको रूपमा चिनिएका चौथाइवालेको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । उनको भ्रमणले नेपाल भारतबिच पछिल्लो समय चिसिएको सम्बन्धलाई सुधार तथा सुदृढ बनाउन भूमिका खेल्ने बताइएको छ । लामो समयदेखि नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन सकिरहेको छैन । त्यसक्रममा चौथाइवालेले भ्रमणको वातावरण बनाउने काम पनि गर्ने बताइएको छ।
चौथाईवालेसँग मधेसी मोर्चाका नेताहरूको समूह बैठकको समेत रहेको बताइएको छ। उनले नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन भ्रमण गर्न लागेको बताएका छन्। स्रोतका अनुसार भारतीय संस्थापन पक्षले विशेष दूतका रूपमा चौथाइवाले नेपाल आएका हुन् । नेपालका सम्पूर्ण दलका शीर्ष नेतासँग भेटघाटको कार्यक्रम तय हुनुले यस्तो अनुमानलाई बल पुगेको हो ।
प्रतिक्रिया