काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग प्रस्तावित एकताका कार्यक्रमअघि बुधबार उनी पक्राउ परेका हुन्।
पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँको प्रज्ञा भवन पुगेका चौधरीलाई सोही अवसरमा प्रहरीले पक्राउ गरेको हो।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको जानकारी आफूले पनि पाएको बताउँदै अहिले घटनाबारे विस्तृत जानकारी लिने प्रयास भइरहेको जानकारी दिइन्।
प्रतिक्रिया