काठमाडौं – सरकार र नेपाल शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ । केहीबेर अघिदेखि वार्ता सुरु भएको हो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला तथा शिक्षकका तर्फबाट महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानीमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी भएका छन् ।
सरकार र महासंघबीच मोटामोटी सहमति जुटेपछि आजै मन्त्रिपरिषदको बैठक बसेर महत्वपूर्ण निर्णय लिइने भएको छ । शिक्षकहरू २९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी छन् । उनीहरू आजै सरकारसँग वार्ता निष्कर्षमा पुग्ने र बिहीबारदेखि आन्दोलन स्थगित हुनेमा आशावादी देखिएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आजै सरकार र शिक्षकबीच वार्ता सहमतिमा पुग्ने र आन्दोलन रोकिने बताएका छन् ।
प्रतिक्रिया