काठमाडौं – एक महिनाभन्दा बढी समयदेखि जारी रहेको माओवादीको हुलाकी राजमार्गअन्तर्गत तराई मधेश जागरण अभियान बुधबारदेखि समापन भएको छ । बुधबार कञ्चनपुरमा पार्टी अध्यक्ष पुयपकमल दाहाल प्रचण्डले अभियान समापन गरेका हुन् । माओवादीले संगठन विस्तारका लागि पूर्वको झापादेखि पश्चिमी अन्तिम बिन्दु कञ्चनपुरमा समापन हुने गरी एक महिना अघि अभियान सुरु गरेको थियो ।
अभियानमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, नन्दबहादुर पुन, शक्ति बस्नेत, अग्नि सापकोटालगायतका नेताहरू सहभागी भएका थिए । माओवादीले जागरण अभियानले पार्टीको संगठन विस्तारमा अभूतपूर्व भूमिका खेलेको दाबी गरेको छ । तर अभियानकै बीचमा चारपटक स्थगित हुनुले माओवादीको सो दाबी गलत रहेको राजनीतिक विश्लेषकहज्ञ बताउँछन् ।
किनकि यस अवधिमा माओवादी अध्यक्ष प्रचण्डले सरकारमा जान निकै कसरत गरेका थिए । माओवादीको जागरण अभियानमा सबैभन्दा धेरै प्रचण्डको मर्निङवाकले चर्चा पाएको थियो । अभियान समापन गरेलगत्तै प्रचण्ड काठमाडौं फर्किने भएका छन् । उनी नेपाल भ्रमणमा रहेका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटघाटका लागि काठमाडौं आउन लागेका हुन् ।
प्रतिक्रिया