काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीलाई भेटेका छन् ।
बुधबार बिहान नेपाल आइपुगेका चौथाइवालेले बुढानिलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका हुन् । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिइन् । मन्त्री राणाले चौथाइवालेसँगको भेटघाट फलदायी भएको बताएकी छन् ।
‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा गर्यौं र हाम्रो पुरानो साझेदारीलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल गर्यौं,’ राणाले भनेकी छन् । भाजपा नेता चौथाइवालेले बुधबार नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया