काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बुधबार साँझ ७ बजे प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बस्ने गरी ओलीले बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद् बैठक विशेष हो । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।
२९ दिनदेखि आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नकै लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । अहिले सिंहदरबारमा सरकार र शिक्षक महासंघबीच वार्ता भइरहेको छ ।
वार्तामा गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त तथा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानीमाया पराजुलीलगायत सहभागी छन् । महासंघले नौबुँदे माग मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने अडान लिएकाले आजको मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्ने र शिक्षक आन्दोलन रोकिने सम्भावना छ ।
प्रतिक्रिया