फिल्म ‘बलिदान’ दशैंको फूलपातीबाट रिलिजमा आउँदैछ । तर, यो फिल्मलाई लिएर दर्शकको प्रतिक्षा भने व्यग्र बनिसकेको छ । यसको निर्माणपक्षले फिल्मको प्रचार जुन तरिकाले गरिरहेको छ, त्यसले फिल्मप्रतिको आशा झनै बढाएको छ ।
यसैबिच, फिल्मका मुख्य नायक समीर भट्टको जन्मदिनको अवसर पारेर आज प्रि–टिजर सार्वजनिक गरिएको छ । जहाँ, नायक भट्टको झलकलाई मात्र स्थान दिइएको छ । उनलाई एक्सन अवतारमा देखाइएको छ । देशका लागि लड्ने एक यूवकको भूमिकामा उनलाई देख्न सकिन्छ ।
आशुसेन फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा पवन ब्राडफोर्ड निर्माता हुन् ।
फिल्मको प्रि–टिजरको सुरुवातमा नायक विराज भट्टको आवाजमा समीर भट्टलाई देखाइएको छ । ‘देशको चिन्ता, माटोले खोज्दैछ जसलाई, जन्माइन् आमाले उसलाई । रगत उम्लियो जसको’ संवादमा समीरका केही झलक र एक्सन देखिन्छ । यसपछि, समीरको आवाजमै भनिएको छ–‘आमाको पिर, यो देशको झिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।’
सन्तोष सेनको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतको अभिनय छ ।
फिल्मलाई लिएर समीर र निर्देशक सन्तोष सेन उत्साहित छन् । यसका अन्य झलकहरु एकपछि अर्को रुपमा प्रस्तुत गर्दै जाने योजना निर्माणपक्षको छ ।
प्रतिक्रिया