काठमाडौं — जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता सम्पन्न भएको छ। जापानको काठमाडौंस्थित दूतावासका अनुसार, उक्त भेटमा काठमाडौंको समग्र विकास तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो।
भेटका क्रममा दुबै पक्षले काठमाडौं महानगरको दीर्घकालीन विकास योजना, शहरी पूर्वाधार, सुन्दरता वृद्धिका उपाय, र शहरी योजना निर्माणका विषयमा विस्तृत कुराकानी गरेका थिए।
जापानले दरबार स्क्वायरको वातावरणीय सुधार, ऐतिहासिक ढुंगेधाराको पुनर्संरचना, सडक विकास, बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र निर्माणजस्ता परियोजनामार्फत काठमाडौंमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।
प्रतिक्रिया