काठमाडौं – जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबीसिंह यादवलाई आपत आइलागेको छ । पारिवारिक जमघटमा डान्स गर्दै पेस्तोल पड्काएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवकी छोरीसमेत रहेकी नेतृ बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् ।
डान्स गर्दै पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । विभिन्न व्यक्ति तथा फेसबुक पेजमा भिडियो सेयर भइरहेको छ । भिडियो सेयर गर्ने अधिकांशले हतियारको वैधताबारे प्रश्न उठाएका छन् । भिडियो सार्वजनिक भएपछि धेरैले यसलाई शक्तिको दुरुपयोग भनेर प्रहरी प्रशासनमाथि समेत प्रश्न उठाइरहेका छन् ।
राजनीतिक परिवारकी भएकाले उनले शक्तिको धमास दिएको भन्दै सोसल मिडियामा आलोचना भइरहेको छ । सार्वजनिक कार्यक्रममा खुलेआम पेस्तोल लिएर नाचेकी छन् । उनले लिएको पेस्तोल वैध हो कि हैन ? उनलाई पेस्तोल राख्न स्थानीय प्रशासनले अनुमति दिएको छ कि छैन ? भन्दै धेरैले प्रश्न गरेका छन् ।
बबीसिंहले भाइरल भइरहेको भिडियो हप्ता दिनअघि भारतमा भएको एक वैवाहिक समारोहको भएको बताएकी छन् । त्यहाँ आफूले वास्तविक नभएर नक्कली पेस्तोल पड्काएर रमाइलो गरेको उनको दाबी छ ।
प्रतिक्रिया