यस्तो रहनेछ यसपालिको मनसुनी वर्षा


यसपालिको मनसुनी वर्षा विभिन्न डाटा र मोडेलिङको आधारमा मैले तैयार गरेको अध्ययनमा यसपाली मईदेखि जुनको मध्यसम्म प्री-मनसूनी वर्षा औषत हुने देखिन्छ । जसको अर्थ गर्मी अत्यधिक बढेको खण्डमा मुलुकैभरि र विशेष गरी पहाडी क्षेत्रमा वर्षा हुने देखिन्छ ।

मइ महिनाको पहिलो साता मुलुकभरि न्यूनचापीय प्रणाली सकृय हुने र यसले हल्का वर्षा गराइराख्ने भएकोले गर्मी खासै नबढ्ने देखिन्छ । तर दोस्रो र तेस्रो साता (मई ७-२०) सम्म वर्षा प्रणाली कमजोर हुने र गर्मी बढ्ने देखिन्छ । चौथो साता पुन्: वर्षा हुने र गर्मी नियन्त्रण हुनेछ ।

जुन महिनाको पहिलो र दोस्रो साता गर्मी र वर्षा कारीब बराबर हुने छ त्यो पनि पहाडी भेगमा । तर, तराई क्षेत्रमा वर्षा कम र गर्मी अत्यधिक हुनेछ । यसपालि मनसुनको आगमन जुन महिनाको तेस्रो साता असार १-७ को बिचमा हुनेछ । यो मनसुनी वर्षा औषतभन्दा ५% बढी हुने अनुमान छ ।

पुर्वी नेपालामा (मेची-कोशी-सगरमाथा) ५-१०% धेरै, मध्य नेपाल (जनकपुर्, बागमती, नारायणी, गन्डकी र लुम्बिनीमा ४-६ % धेरै र पश्चिम र सुदुरपश्चिममा औषत वर्षा हुने छ । गत वर्षको वर्षाको खासगरी असोजको ११ र १२ गतेको भीषण बाढी र पहिरोले क्षति भएको तर पुन्:निर्माण नभएको क्षेत्रहरुमा (जस्तै: काभ्रेको रोशी, निर्माणाधिन प्रमुख राजमार्गहरु) थप क्षतिको जोखिम यसपाली पनि रहने छ ।

प्री–मनसून र मनसून दुवैमा वर्षा राम्रो हुने हुँदा कृषि क्षेत्र र सो सम्बन्धी सरोकारवालाहरु र अर्थव्यवस्थालाई समेत लाभ हुने देखिन्छ । जलवायु तथा मौसमी उत्पन्न विपद र क्षतिको जोखिम यसपाली पनि विगत जस्तै रहेकोले सम्बन्धीत निकायको ध्यान पुग्नु अत्यन्त जरुरी छ ।