काठमाडौं – सत्तारुढ एमाले अहिले युवा आकर्षित गर्ने अभियानमा लागेको छ । देशका साढे ६ हजार वडामा एक–एकजना युवालाई पार्टीमा भित्र्याउने लक्ष्य लिएको एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै संगठन विभाग सचिव माधव ढुंगेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताएका हुन्। उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । ‘
नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ । त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ,’ उनले भने । ढुंगेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।
प्रतिक्रिया