काठमाडौं – सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको नौ बुँदे सहमतिलाई लिएर अहिले अनेकन् टिप्पणी हुन थालेको छ । महासंघका १५ घटक नै सरकारसँगको वार्तामा सहभागी थिए । तर विद्यालय कर्मचारी परिषद्ले सरकारसँगको सहमति धोका भन्दै आक्रोश व्यक्त गरेको छ । उसले पुनः आन्दोलन गर्नेबारे तयारी थालेको छ ।
बिहीबार दिउँसो शिक्षक महासंघले सरकारसँग गरेका सहमतिबारे रत्नराज्य स्कुलमा गरेको समीक्षा कार्यक्रममा विद्यालय कर्मचारीले महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीप्रति आक्रो व्यक्त गरेका थिए । कर्मचारीहरुले नाराजुलुस गर्न थालेपछि अध्यक्ष सुवेदी पुलिसको सहयोगमा कार्यक्रमस्थलबाट बाहिरिएका छन्।
कर्मचारीहरुले उधारो सहमति गरेको आरोप लगाएका छन् । शिक्षा ऐन नलिई घर जान्नौं भनेका शिक्षक भदौसम्म पनि विधेयक प्रतिनिधिसभाको शिक्षा समितिको उपसमितिबाट पास नहुने भएपछि रित्तो हात घर फर्केका छन् । आर्थिक विषय हाताहाती र मूल विषय उधारोमा सहमति गरेको महासंघमाथि आरोप लागेको छ ।
प्रतिक्रिया