फिल्म ‘जन्ते बाख्रो’को पहिलो झलक सार्वजनिक भएसँगै खसीलाई निकै महत्व दिइएको छ । अब, फिल्मको फस्टलुकमा पनि खसीलाई नै स्थान दिइएको छ । जेठको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्मको फस्टलुकमा खसीसँगै अन्य कलाकारहरुलाई स्थान दिइएको छ ।
पोष्टरमा कलाकारहरुसँगै एउटा बाख्रालाई पनि स्थान दिइएको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ ।
सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ ।
पोष्टरमा बाख्रोलाई केन्द्रिय पात्र बनाइनुले पनि फिल्मको बारेमा खास केही रहेको वुझ्न सकिन्छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको ‘घामै राजा’ बोलको गीत चर्चामा छ ।
मुइन इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा सन्तोष गौतमको लगानी, प्रदीप भारद्धाजको लेखन छ । हरि हुमागाँइको छायांकन निर्देशक, उत्तम हुमागाँइको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको यो फिल्मलाई कमेडी जनरामा निर्माण गरिएको छ ।
प्रतिक्रिया