वैशाखको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जार’को सिक्किममा प्रिमियर गरिएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वल्र्डमा आयोजित प्रिमियरमा फिल्मका कलाकारहरुसँग विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो । फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, नायकद्धय सौगात मल्ल र अनुप विक्रम शाही नेपालबाट सिक्किम पुगेका थिए ।
७ सय सिट क्षमताको हलमा दर्शकको उपस्थिती भरिभराउ थियो । फिल्मकी नायिका गिताञ्जली थापा भने प्रिमियरमा उपस्थित हुन सकिनन् ।
फिल्म हेरेपछि सबैले उत्कृष्ट प्रतिक्रिया दिए । फिल्मलाई केही घन्टा पर्दामा नियाल्दा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बन्न पाउँदा सिक्किमेली दर्शक भावुक भएका थिए । फिल्मको हरेक पाटोको तारिफ भयो ।
फिल्म हेर्न पुगेका फिल्मीकर्मीहरु साम्तेन भुटिया, उत्तम प्रधानले वधाई ज्ञापन गरेका थिए । फिल्म उत्कृष्ट बनेको भन्दै उनीहरुले तारिफ गरे ।
फिल्म हेरेपछि कलाकारहरुसँग सेल्फी खिच्नेको भिड समेत लाग्यो । फिल्ममा २ करोड खर्च गरेर बाघसँगको द्धन्द्ध समेत समावेश गरिएको छ । जस्ताको तस्तै पर्दामा उतार्न निर्देशकले सबै कोशीश गरेको भन्दै दर्शकले प्रशंसा गरेका थिए । फिल्मले नेपाली बक्स अफिसमा पनि सुखद कमाई गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया