‘ऊनको स्विटर’को कन्सर्टमा दर्शकको उत्साहजनक उपस्थिती



देशका विभिन्न शहरमा फिल्म ‘ऊनको स्विटर’को टिमले कन्सर्ट गरिरहेको छ । पोखरा, काठमाडौंपछि धरानमा कन्सर्टको आयोजना भयो ।

बिहिबार बेलुकी आयोजित कन्सर्टमा ६ हजार दर्शक सहभागी भएको निर्माणपक्षले जनाएको छ । वैशाखको २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको गीतसंगीत र ट्रेलरलाई दर्शकले मन पराएका छन् ।

कन्सर्टमा सहभागी हुनका लागि धरान भन्दा २ सय किमी टाढाका दर्शकसमेत पुगेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायतको उपस्थिती थियो । यस्तै, फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बु, एलेक्स पारस, निर्देशक नविन चौहान, गायक सुजन चापागाँई, गायिका तथा संगीतकार झुमा लिम्बु, गीतकार युवराज काफ्ले लगायत उपस्थित थिए ।

कार्यक्रममा सुजन र उनको व्यान्डले ‘लजाएर एक्लै किन, तिमी बिना तिमी हुनु, फुलथुंगे रानी, गाला पुक्क, तीनपाते, मखमली’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए । गायिका झुमा लिम्बुले ‘काफ्ले’ बोलको गीत गाउँदा दर्शकहरु पनि सँगै नाँचेका थिए ।

यो कार्यक्रमबाट संकलित मुनाफा रहक धरान उपमहानगरपालिकाको श्रम संकृति अभियानलाई हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।