स्रोत नभएका आयोजनाहरू स्थगन गरिने


काठमाडौँ – सरकारले पूर्वाधार आयोजनाहरूलाई प्राथमिकीकरण गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विगतका घोषणा गरेका पूर्वाधार आयोजनालाई प्राथमिकिरण गरिने बताएका हुन् । उनले विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीरण गरिने बताए ।

‘विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीरण गरिने छ। आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गरिने छ,’ उनले भने ।

नीति कार्यक्रममा जीर्ण सार्वजनिक संस्थानलाई उपयुक्त मोडलका आधारमा निजी क्षेत्रलाई हस्तान्तरण गरिने बिषय समेटिएको छ । राष्ट्रपति पौडेलले सार्वजनिक गरिरहेको नीति कार्यक्रममा सार्वजनिक संस्थान निजी क्षेत्रलाई हस्तान्तरण र सम्पत्तिको उपयुक्त विकल्पबाट औद्योगिकरण गर्ने जानकारी दिएका हुन् । सरकारले यसअघि नै सातवटा संस्थानलाई निजीकरण गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।