काठमाडौं – सरकारको नीति तथा कार्यक्रम पेस गरिने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतम एकीकृत समाजवादी सांसदहरुको लहरमा बसेका छन् । राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन हुने बैठकको सुरुमै गौतम एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका हुन् । माधव र वामदेवको पछाडि वेदुराम भुसाल, प्रकाश ज्वालालगायतका सांसद छन् ।
एमाले विभाजनपछि कतै नलागेका गौतम दुवै पार्टीसँग वार्तामा छन् । केही समयअघिसम्म उनी एमाले प्रवेश गर्ने हल्ला थियो । उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटेका थिए । तर पछि ओलीले एमाले प्रवेश गराउन कुनै चासो देखाएनन् । त्यसपछि वामदेव रुष्ट बनेका छन् ।
माधवसँगै बसेपछि एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सामाजिक सञ्जालमा ‘अब सँगसँगै’ भनेर लेखेका छन् । जसकारण अब वामदेव एकीकृत समाजवादी प्रवेश गर्न लागेका हुन् कि भन्ने चर्चालाई बल पुगेको हो ।
प्रतिक्रिया