मु्कुल ढकाललाई रविभन्दा राजावादी रवीन्द्र मिश्र र दुर्गा प्रसाईको चिन्ता धेरै


काठमाडौं – रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालमा पार्टीका अध्यक्ष रवि लामिछानेभन्दा राजवादी रविन्द्र मिश्र र दुर्गा प्रसाईको माया धेरै देखिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रवि अहिले भैरहवास्थित कारागारमा छन् । त्यसअघि पनि रवि ८४ दिनसम्म प्रहरीको न्यायिक हिरासतमा बसेका थिए ।

रवि लामिछाने तीन महिनाभन्दा बढी समयसम्म हिरासतमा बसे पनि मुकुलले एकचोटि उनलाई भेटेनन् । बरु आफूलाई महामन्त्री पदबाट निलम्बित गरेको भन्दै सामाजिक सञ्जालमार्फ झटारो हानिरहे । तिनै मुकुल बिहान बिहानै राज्यविरुद्धको कसुरमा न्यायिक हिरासतमा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी दुर्गा प्रसाईलाई भेट्न हिरासत कक्षमा पुगेका छन् । दुवैजनालाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

चैत १५ गतेको तीनकुने हिंसात्मक प्रदर्शन गराएको आरोपमा मिश्र र प्रसाई हिरासतमा छन् । दुवैजनाविरुद्ध अनुसन्धान जारी छ । ढकालले हिरासतमा मिश्र र प्रसाईको आत्मबल उच्च रहेको भन्दै छिट्टै न्याय पाउने आशामा रहेको बताएका छन् । ‘आज रविन्द्र मिश्र र दुर्गा प्रसाईलाई हिरासतमा भेटे । दुवैजना स्वस्थ हुनुहुन्छ, र उहाँहरूको आत्मबल पनि उच्च छ । ूगोलि ठोकू भनेर १७००० मार्ने प्रचण्ड त खुलेआम राजनीति गरेर हिँडिरहेका छन् ।

चैत्र १५ गतेको आन्दोलनका क्रममा राज्यको घुसपैठ र हस्तक्षेपका कारणले २ जनाको ज्यान जाने गरि दुस्खद घटना घट्यो । पूर्णतस् राजनीतिक मुद्दा भएकाले उहाँहरू पनि सम्मानित अदालतले न्याय दिनेमा, छिट्टै छुट्नेमा आशावादी हुनुहुन्छ, म पनि आशावादी छु,’ ढकालले भनेका छन् ।