‘पाँच पाण्डव’मा एकसाथ देखिदै दीपक, जितु र सिताराम ?



वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पाँच पाण्डव’मा कलाकारहरुको लाइनअपलाई लिएर चर्चा सुरु भएको छ । सामाजिक संजालमा वसन्तले फिल्म क्षेत्रका तीन चर्चित कलाकारहरुसँग तस्वीर शेयर गरेपछि अझै चर्चा बढेको हो ।

यो फिल्मको कथालाई सुशिल पौडेलले लेखिरहेका छन् । नविन श्रेष्ठको लगानीमा बन्न लागेको फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरे फाइनल भइसकेका छन् ।

सामाजिक संजालमा पोष्ट गरिएको तस्वीरमा कलाकार दीपकराज गिरी र जितु नेपाल अर्का कलाकार सिताराम कट्टेलसँग देखिएका छन् । उनीहरुले फिल्मको बारेमा केही पनि लेखेका छैनन् ।

तर, हाँस्य जोडीहरुलाई लिएर फिल्म बनाउन वसन्त कस्सिएका छन् । फिल्मका लागि अर्का कलाकार केदार घिमिरेलाई पनि अफर गरिएको छ । तस्वीर हेर्दा उनीहरु काम गर्न तयार भएको देखिन्छ । पोखरामा रहेर यो फिल्मको कथा लेखन कार्य चलिरहेको छ ।

फिल्मको स्क्रिप्ट तयार भएपछि उनीहरुले काम गर्ने संभावना उच्च छ । फिल्म क्षेत्रमा फुटेर होइन जुटेर मात्र काम गर्न सकिन्छ भन्ने वुझेपछि दीपक, केदार, जितु र सिताराम एक हुन लागेका हुन् ।