काठमाडौं – प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्यले आजको समयमा सामाजिक सञ्जालले मान्छेलाई नकारात्मकतातिर डोहो¥याएको बताएकी छन् । आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी हुने पुस्ताले आफ्नै खुट्टामा बन्चरो हानिरहेको बताइन् ।
‘आजको जमानामा सामाजिक सञ्जालले हामीलाई नकारात्मकतातिर डोहोर्याइरहेको अवस्था छ । त्यो डोहोर्याइको करिब(करिब धेरै भाग त केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन । हामी कति नै बाँच्छौं अब ? हामी भनेको उत्तरार्द्धतिर पुगिसकेका मान्छे हौं । हामीले हिजो पञ्चायतको दमन त सहँदै आएका मान्छे हौं भने अहिले यस्तो खुल्ला वातावरणमा बस्न पाएका छौं । हामीले सहन सक्दैनौं र ? सक्छौं । तर, जो जो मान्छेले आज केपी ओलीलाई गिज्याउन र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन् ।
पछिल्लो समय सार्वजनिक कार्यक्रममा जहाँ गए पनि प्रधानमन्त्री ओलीप्रति हुटिङ र गाली धेरै हुन थालेपछि शाक्यले आक्रोश व्यक्त गरेकी हुन् ।
‘हामीलाई त केही हुनेवाला छैन हामीले यस्तो सहँदै आएको आज हो र ? कति भयो कति नि ! हामीले यस्तो भनेपनि यिनीहरुलाई कति टेन्सन हुन्छ भन्ने लाग्ला, तर हामीलाई टेन्सन हुन्न । हामीले कुनै काम बिराएको छैन, देशविरुद्धको काम गरेको छैन भने किन टेन्सन लिने ? जेजति यो नकारात्मकताको असर भनेको अहिलेका युवा पुस्तालाई हुन्छ र त्यही भएर म विनम्रताका साथ सबलाई अनुरोध भन्न चाहन्छु, यसरी आफ्नो भविष्य र सन्तानको भविष्य बिग्रिने कामहरु कम्तीमा हामी अलिकति पढेलेखेका बुद्धिजीवी भन्ने मान्छेहरूले आजैका दिनदेखि छोड्नुहुन अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् । शाक्यले ओलीको विद्वताको अगाडि आफूले लिएको दुईवटा डिग्रीको कुनै अर्थ पनि नभएको बताइन् ।
प्रतिक्रिया