फिल्म ‘महाभोज’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक नयाँ गीत ‘लालुमै’मा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर छ । यो गीतलाई बिहेको माहोललाई हेरेर तयार पारिएको छ । यो गीतमा हर्क साउदको शब्द, कोशिश क्षेत्री र केतन क्षेत्रीको संगीत छ ।
यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुले नृत्य गरेका छन् । भिडियोमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, निश्चल बस्नेतको नृत्य हेर्न सकिन्छ । सुनिल क्षेत्रीले यो गीतको कोरियोग्राफी गरेका हुन् । भिडियोमा नायिका मलिका महतको बिहे भएको दृश्य देखाइएको छ ।
क्लव वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा आर्यन सिग्देल, वसुन्धरा भुषाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, विरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ ।
हिमाल कडरियाको लगानीमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता किरण नेपाली हुन् । फिल्मको कथा तथा पटकथा विकास सुवेदीले तयार पारेका हुन् । फिल्मले सहकारी ठगीको कथालाई उठान गरेको छ ।
प्रतिक्रिया