काठमाडौं – मादक पदार्थ सेवन गरेर चलाएको कार अनियन्त्रित भई ठक्कर खाँदा ललितपुरको हात्तीवनमा बिजुलीको पोल भाँचिएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्। घटना आइतबार मध्यरातिको हो ।
ललितपुर महानगरपालिका–२८ स्थित हात्तीवन सडकको ओरालोमा अनियन्त्रित भएको गाडी सडकछेउको बिजुलीको पोलमा ठोक्किँदा विशाल विक, अमरध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका हुन्। राति ११ बजेतिर बा१५च ७७६५२ नम्बरको गाडी अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो।
कार ठोक्किएर बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएपछि सडकको बीच भागमा अडिएको छ। रातिदेखि नै सडक एकतर्फी चलाइएको छ । चालक सापकोटाको भने सामान्य घाइते भएका छन्। उनले मापसे गरेको भेटिएको प्रहरीले जनाएको छ। अहिले घाइते सबैको पाटन अस्पतालमा उपचार भइरहेको छ। विकको आइसीयुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया