काठमाण्डौ — आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो यो मूल्य १ लाख ८४ हजार १ सय रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको भाउ हिजोको जस्तै तोलामा १ हजार ९१० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रतिक्रिया