एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ। उहाँले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई यस सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन अधिकार दिइसक्नुभएको बीबीसीले जनाएको छ।
ट्रम्पले अन्य देशहरूले अमेरिकी चलचित्र निर्माता र स्टुडियोहरूलाई असर पुर्याउने गरी योजनाबद्ध रूपमा आफ्ना चलचित्र उद्योगलाई समर्थन गरिरहेको आरोप लगाउनुभएको छ। उहाँका अनुसार यस्तो गतिविधि अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा हुन सक्छ।
तर ट्रम्पले अमेरिकामै चलचित्र निर्माण होस् भन्ने आफ्नो चाहना स्पष्ट पार्नुभएको छ। जनवरीमा दोस्रो कार्यकाल शुरू गरेपछि उहाँले अमेरिकी उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले विश्वका विभिन्न देशहरूमा कर लगाउने नीति अपनाउँदै आउनुभएको छ। तर यस नीतिले विश्व अर्थतन्त्रमा ठूलो अस्थिरता ल्याएको छ।
प्रतिक्रिया