नायक आर्यन सिग्देलले आफ्नो क्रेज फर्किएको कुरा मान्न तयार नभएको बताएका छन् । मिडिया कुराकानीका क्रममा आर्यनले भने–‘मैले चाहेको फिल्महरु अहिले गर्न पाइरहेको छु । यही मेरो सन्तुष्टि हो । यो क्रेज फर्कियो, स्टारडम फर्कियो भन्ने कुरालाई म मान्यता राख्दिनँ । भोलि फेरि यो दिन नरहन पनि सक्छ । त्यो समयमा मलाई तनाव हुन सक्छ । यसैले, म यस्ता कुरालाई अर्थ राख्दिनँ ।’
आर्यनको हातमा अहिले फिल्मको लामो लाइन छ । साथै, उनी थुप्रै फिल्ममा केमियो भूमिकामा पनि देखिएका छन् ।
आर्यन यसलाई आफ्नो सम्बन्धको कारण भन्छन् । सिग्देल भन्छन्–‘मैले पहिले पहिले काम गरेका मेकरहरुले एउटा सानो भूमिका छ भनेर अफर गर्दा नाई भन्न नसकेको हो । तर, मैले छोटो भूमिका निर्वाह गर्दा पनि ती फरक फरक छन् । जसलाई दर्शकले मन पराइरहनुभएको छ । यसले मलाई फाइदा पनि भइरहेको छ ।’
आर्यन अभिनित ‘के घर के डेराः घर नम्बर २ र महाभोज’ जेठ महिनामा रिलिज हुनेछन् । यी दुवै फिल्मका लागि आर्यनको दौडधुप खुबै छ । उनी, अहिले आफूले खोजे जस्तो अभिनय गर्न पाउँदा निकै खुशी देखिएका छन् ।
प्रतिक्रिया