काठमाडौं – संसदीय शासन व्यवस्थामा सदनलाई विपक्षीको मानिन्छ । त्यसमाथि पनि विपक्षी दलका नेताले सम्बोधन गर्ने बेला संसदमा प्रधानमन्त्री उपस्थित हुनै पर्छ । तर प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी ओलीले बस्न आवश्यक नै ठानेनन् ।
प्रचण्डले अहिलेसम्म प्रतिनिधिसभामा तीनपटक सम्बोधन गरे । तर तीनैपटक ओली बसेनन् । दुईपटक ओली प्रतिनिधिसभामै आएनन् । तर सोमबार भने प्रतिनिधिसभामा उपस्थित भए, तर प्रचण्डले सम्बोधन गर्ने बेला उठेर हिँडे । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथिको छलफल गर्नको लागि प्रस्ताव गरेसँगै यसको यसमाथिको छलफल सुरु भएको हो। प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम प्रस्ताव गरेसँगै प्रचण्डले बोले । उनी बोल्ने बेला ओली थिएनन् । आफू अर्को कार्यक्रममा जानुपर्ने भएकाले निस्कन लागेको भनेर ओलीले प्रचण्डलाई भनेका थिए ।
प्रतिक्रिया