एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तट नजिक रहेको ऐतिहासिक आल्काट्राज जेललाई पुनः सञ्चालन र विस्तार गर्न सरकारलाई आदेश दिएका छन्।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा सन्देश लेख्दै, अमेरिका लामो समयदेखि दुष्ट, हिंस्रक र बारम्बार अपराध गर्ने व्यक्तिहरूबाट पीडित रहेको उल्लेख गर्दै आल्काट्राज जेललाई फेरि खोल्ने निर्णय सुनाएका हुन्।
उनका अनुसार, न्याय विभाग, एफबीआई, होमल्यान्ड सेक्युरिटी र कारागार ब्युरोलाई उक्त जेल पुनः सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ। ट्रम्पले यो कदम अमेरिकाको कानून, व्यवस्था र न्यायको प्रतीक हुने दाबी गरेका छन्।
प्रसिद्ध आल्काट्राज जेल सन् १९६३ मा बन्द भएको थियो र हाल सान फ्रान्सिस्को नजिकैको यो टापु पर्यटकीय स्थलका रूपमा परिचित छ।
प्रतिक्रिया