काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति यति पेचिलो बनेको छ कि यसले वर्तमान कांग्रेस–एमाले समीकरण नै धरापमा पर्ने संकेत देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सौहार्दपूर्ण भेटवार्ताले अबको एक साताभित्रै नयाँ समीकरण बन्ने हल्ला बजारमा सुरु भएको छ ।
केही दिनअघिसम्म माओवादी अध्यक्ष प्रचण्ड सरकार ढल्दैछ भन्दै थिए । कांग्रेसलाई प्रधानमन्त्री दिने गरी आफूहरु जान सकिने उनको भनाइ थियो । कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डमै रहेका बेला नेपालमा सरकार फेरिने हल्ला उत्कर्षमा पुगेको थियो । तर देउवा नेपाल फर्केलगत्तै सरकार तलमाथि नहुने प्रस्ट पारे । त्यसबेलादेखि नै प्रचण्डको बोली बन्द भएको थियो । माओवादीले बैठक नै बसेर नयाँ सरकार बनाउन कांग्रेस नफकाउने निर्णयसमेत गरेको थियो । बरु प्रचण्ड एमालेसँग मिलेर सरकारमा जाने मनस्थितिमा पुगेको उनी निकट नेताहरुको भनाइ छ ।
माओवादी केही नेताहज्ञ अबको एक दुई साताभित्रै नयाँ सरकार गठन हुने विश्वासमा छन् । त्यसका लागि माओवादी र एमाले नेताहरुबीच सघन वार्ता भइरहेको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी ओली कुनै पनि हालतमा राष्ट्र बैंकको गभर्नर, प्रमुख निर्वाचन आयुक्त र अख्तियार प्रमुख अरु पार्टीलाई दिने पक्षमा छैनन् । बर सरकार नै छाड्ने प्रमुख राजनीतिक नियुक्ति अरु दललाई नदिने ओलीकै कारण पनि सरकार फेरिने हल्लाले बजार पाएको हो ।
दुई तीन दिनयता ओली प्रचण्ड भेटवार्ता, अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीचको भेटवार्ताको तस्बिर माओवादी र एमालेका नेताहरुले सामाजिक सञ्जालमा सेयर गर्न थालेकाले भित्रभित्र अर्कै खिचडी पाकेको अनुमान गर्न थालिएको हो ।
प्रतिक्रिया