‘माइतीघर’बाट बाहिरियो ‘माग्ने बुढा’को गेटअप



फिल्म ‘माइतीघर’बाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को गेटअप सार्वजनिक गरिएको छ । निर्माणपक्षले उपलब्ध गराएको गेटअपमा केदार भिन्न अवतारमा छन् ।

सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ । फिल्मको प्रदर्शन मिति दशैंको फूलपातिलाई पक्का गरिसकिएको छ ।

यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुनेछ ।

यो फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भइरहेको हो । फिल्मका कार्यकारी निर्माता इश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।