नायिका नीति शाह डेब्यू अवार्ड पाउँदा दंग छिन् । अमेरिकामा आयोजना भएको ‘८८४८ हिमालय म्युजिक एन्ड फिल्म अवार्ड’मा उनले फिल्म ‘ज्वाइँ साब’ बाट अवार्ड प्राप्त गरेकी हुन् । उसो त, नीतिको डेब्यू फिल्म ‘खजुरे ब्रो’ हो । तर, नीतिलाई आयोजकले ‘ज्वाइँ साब’बाट डेब्यू अवार्ड दिएको हो ।
नेपाली फिल्म क्षेत्रमा नीति शाहको माग पनि चुलिएको छ । यो वर्षको उनको ‘नरसिंहाः अवतार र मोहर’ रिलिजको क्रममा छन् । यी दुवै फिल्म चलेको खण्डमा नीतिलाई अझै बढी फाइदा हुनेछ ।
उसो त, सुरुवाती दिनमा नीतिले साइन गरेका फिल्महरु बनेनन् । ती, फिल्महरु नबनेपछि नीति शाह निराश देखिइन् । पहिलो फिल्म ‘खजुरे ब्रो’मा काम गरेपछि उनको आलोचना भयो । तर, उनले आफूलाई सुधार्दै लगिन् । आजको दिनमा उनको डिमाण्ड पनि फिल्म क्षेत्रमा खुबै छ ।
हालै मात्र बैवाहिक जीवनमा बाँधिएकी नीतिले नेपालमा आयोजना हुने अवार्डमा ‘डेब्यू अवार्ड’ पाउँछिन् या पाउँदिनन् हेर्न बाँकी छ । तर, अमेरिकामा अवार्ड पाएर उनी भने दंग छिन् ।
प्रतिक्रिया