अष्ट्रेलियापछि ‘पीआर’ फिल्मको छायांकन कास्कीको धम्पुसबाट सुरु


काठमाडौं – निर्देशक शोभित बस्नेतको निर्देशनमा बन्ने फिल्म ‘पीआर’ को दोस्रो चरणको छायांकन कास्कीको पर्यटकीय क्षेत्र धम्पुस बाट सुरु गरिएको छ। फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियामा सम्पन्न गरेपछि निर्माण टिम बाँकी दृश्यहरू नेपालमा खिच्न थालेको हो।

सोमबार धम्पुसमा गरिएको छायांकनमा फिल्मको बिहे सम्बन्धी दृश्य खिचिएको थियो, जहाँ कलाकार दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल, र बिनिता कार्की उपस्थित थिए।

निर्देशक बस्नेतले फिल्मको छायांकन निर्धारित सेड्युल अनुसार नै अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार नेपालमा हुने बाँकी छायांकन धम्पुस, पोखरा, चितवन लगायतका स्थानहरूमा गरिनेछ। उनले भने, “कथानुकूल स्थान छनोट गरेर नै छायांकन भइरहेको छ।”

केही दिन अघि अष्ट्रेलियाको छायांकन सकेर नेपाल फर्किएका निर्देशक बस्नेतले फिल्ममा सामाजिक र पारिवारिक भावनालाई जोडिएको विषयवस्तु उठाइएको बताए।

सलोन सलिना फिल्मस् को ब्यानरमा निर्माण भइरहेको फिल्ममा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल को अभिनय रहनेछ।

फिल्मका निर्माता प्रदीप दाहाल (ए वान ग्रुप सर्भिस) र लक्ष्मण सापकोटा (इन्द्रेणी ग्रुप) हुन्। फिल्ममा मानस राज र भिम बिसी को संगीत, रामजी लामिछाने को नृत्य निर्देशन, बस्नेतकै कथा, गणेश बुढाथोकी को पटकथा र संवाद रहेको छ।

छायांकनमा सौरभ मानन्धर (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल), सम्पादनमा बन्दे प्रसाद, मुख्य सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन् भने निर्माण व्यवस्थापकको जिम्मेवारी केबल मान सिंह बस्नेत ले लिएका छन्।