काठमाडौं – नेपालीहरू मध्यरातमा निद्रामा रहेका बेला भारतले पाकिस्तानविरुद्ध पहिलो फायर खोलेको छ । भारतले पाकिस्तान शासित कश्मीर र अन्य स्थानमा नौवटा मिसाइल प्रहार गरेको छ। प्रतिकारमा पाकिस्तानले यसको घनघोर बदला लिने घोषणा गरेको छ । पाकिस्तानी सेनाका अनुसार एक बालकसहित कमसेकम तीनजनाको मृत्यु भएको छ।
बाह्रजना घाइते छन्। रूस–युक्रेन र इजराइल–हमास युद्धको कुनै समाधान देखिएको छैन। अब नेपालकै छिमेकमा बारुदको गन्ध फैलिएको छ। दक्षिण एसियामा अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटानबाहेक अन्य मुलुकका नेताहरुसँगको सम्बन्ध राम्रो छैन। भारतले पाकिस्तानमाथि फायर खोलेसँग दक्षिण एसियामा युद्धको खतरा मडारिएको छ ।
नेपाल सरकारका निम्ति भूराजनीतिक चाकाचुलीको सन्तुलन मिलाउने थप चुनौती आइलागेको छ। भारत प्रशासित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादी समूहले हत्या गरेपछि जुनसुकै बेला भारत र पाकिस्तानबीच युद्ध हुने अनुमान गरिएको थियो । भारतले दुई सातादेखि नै युद्धको तयारी थालेको थियो ।
प्रतिक्रिया