विशाल बजारबाट ४० लाखसहित दुई हुन्डी कारोबारी समातिए


काठमाडौं – काठमाडौंको न्युरोडस्थित विशालबजारबाट हुन्डी कारोबारको ४० लाख ३२ हजारसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक सुरज दत्त र रुपन्देहीका धर्मप्रसाद ढकाल छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले विशाल बजारको भुइँतलामा रहेको पसलबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

न्युरोढ आसपासमा लामो समयदेखि हुन्ढी कारोबार हुने गरेको सूचना प्रहरीले थाहा पाएको थियो । विशाल बजारमै पनि हुन्डी कारोबार भइरहेको सूचना पाउना साथ पुगेको प्रहरी टोलीले भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको हो ।