काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको लाकुरी भञ्ज्याङमा रहेको टोरेस रिसोर्टको बाथरुममा लडेको तथ्य सार्वजनिक भएपछि अहिले उनको निजी सचिवालयप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडिया खनिएका छन् ।
बुधबार बिहान प्रचण्डकी छोरी गंगा दाहालले बुवा बाथरुममा लडेर सामान्य घाइते भएको र मेडिसिटी अस्पतालमा उपचारपछि घर फर्किएको फेसबुक स्टाटस लेखेकी थिइन् । सबैले गंगा दाहाललाई कोड गरेर समाचार बनाए । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि गंगा दाहालकै स्टाटस सेयर गरे । त्यसपछि सबैलाई प्रचण्ड खुमलटारस्थित निवासकै बाथरुममा लडेको होला भन्ने बुझे । गंगाले बुबाको अवस्था सामान्य रहेको र काममा फर्किएको उल्लेख गरेकी थिइन् ।
तर एमाले नेता महेश बस्नेतले प्रचण्डको मेडिसिटी अस्पतालमा निधार र टाउकोमा चोट लागेको र तीन चार टाँका लगाएको उल्लेख गरेका थिए । त्यसैले कुरा बाझिएपछि पत्रकारहरु मंगलबार राति प्रचण्ड कहाँ बास बसेका थिए भन्ने बारे खोजीनीतिमा लागे । त्यसपछि बल्ल एक अनलाइनले प्रचण्ड लाकुरी भञ्ज्याङस्थित टोरेस रिसोर्टमा बास बसेको उल्लेख गर्दै समाचार प्रकाशित गरेपछि रहस्य खुलेको हो ।
प्रतिक्रिया