शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘ऊनको स्विटर’ले मल्टिप्लेक्समा सुखद शोज पाएको छ । वितरक गोविन्द शाहीका अनुसार, फिल्मले देशभरका हलमा ३ सय बढी शोज पाउने संभावना छ । यो फिल्मको गीतसंगीतले गर्दा चर्चा बढेको छ ।
क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, एफक्यूब, आई एन आई लगायतका हलहरुले यो फिल्मलाई सुखद शोज दिएका छन् ।
नेपाली फिल्मले बक्स अफिसमा निरन्तर रुपमा खस्कदो व्यापार गरिरहेको समयमा यो फिल्मले केही हदसम्म बक्स अफिस तताउने अपेक्षा गर्न सकिन्छ ।
आर्टमाण्डु प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ ।
यस्तै, फिल्ममा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर लगायतको पनि अभिनय छ ।
यो फिल्ममा सुजन चापागाँई र झुमा लिम्बुको संगीत छ । नविन चौहानको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको छायांकन पाँचथरमा गरिएको हो ।
फिल्मलाई चलचित्र सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । फिल्मको आज काठमाडौंका भव्य प्रिमियरको आयोजना गरिदैछ । फिल्मले बलियो वर्ड अफ माउथ पाएको खण्डमा यसको व्यापार आकासिने देखिन्छ ।
प्रतिक्रिया