काठमाडौं । भारतले मंगलबार राति पाकिस्तानका नौ ठाउँमा आक्रमण गरेको छ । ‘अपरेशन सिन्दूर’ नाम दिइएको सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको हो । अपरेसन २५ मिनेटसम्म चलेको थियो ।
भारतको आक्रमणमा ४२ जनाको मृत्यु र ४६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतले यसलाई कश्मीरको पलगाममा २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । जहाँ एक नेपालीसहित २६ पर्यटक मारिएका थिए ।
भारतले पाकिस्तानलाई आक्रमण गर्दाको नाम अपरेसन सिन्दूर राख्नुको कारण जम्मु कश्मीर पहलगाममा भएको घातक आक्रमणमा २७ नागरिक मारिएको र त्यसमा धेरै महिला विधवा भएकाले भनिएको छ । विवाहित हिन्दु महिलाहरूले परम्परागत रूपमा लगाउने रातो सिन्दूर वा रातो अबिरले गहिरो भावनात्मक अर्थ बोकेको हुनाले भारतले अपरेसनको नाम सिन्दुर राखेको भारतीय मिडियाहरूले बताएका छन् ।
बुधबार बिहान भारतीय सेना, वायुसेना र सरकारका अधिकारीले पत्रकार सम्मेलनमा आक्रमणको विवरण पहिलोपटक सेनाकी कर्नेल सोफिया कुरेशी र वायुसेनाकी विङ कमाण्डर व्योमिका सिंहले जानकारी गराएका थिए । यसअघि पुरुष सेनाले मात्र सैन्य कारबाहीको जानकारी गराउँदै आएकामा यसपटक भने महिलालाई अघि सारिएको छ ।
सोफिया सेनाको वरिष्ठ अधिकृत हुन् । उनको जन्म १९८१ मा भएको थियो । यस्तै, सिंह भने वरिष्ठ पाइलट हुन् । उनले भारतको जोखिम क्षेत्रमा हजारौं उडान भरेकी छन् । चुनौतीपूर्ण क्षेत्रमा सिंहलाई पाइलट बनाएर पठाउने गरिन्छ ।
प्रतिक्रिया