सुशीलले साइन गरे ‘राम नाम सत्य’



फिल्म ‘आउटलः दफा २१९’मा काम गरेपछि नायक सुशील श्रेष्ठको चर्चा व्यापक भयो । यो फिल्ममा उनले गरेको एक्सनले दर्शकको मन जित्यो ।

यसपछि, सुशीललाई लिएर फिल्म बनाउनेहरुको संख्या पनि बढेको छ । अब, सुशीलले नयाँ फिल्म साइन गरेका छन् । उनले साइन गरेको फिल्मको नाम ‘राम नाम सत्य’ हो । यो फिल्मको हाल धमाधम प्रि प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्मलाई माइकल चन्दले निर्देशन गर्दैछन् ।

यो फिल्ममा नायक विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

विराज र सुशीललाई पर्दामा हेर्न पाउँदा दर्शक पक्कै पनि उत्साहित हुनेछन् ।

फिल्मका लागि अब नायिका र केही कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् ।

फिल्मको छायांकन केही महिनामै गर्ने तयारी निर्माणपक्षको छ ।