काठमाडौं । भारत र पाकिस्तानबीचको सैन्य हमलामा माओवादी नेता जनार्दन शर्मा भारतको पक्षमा उभिएका छन् । अहिलेसम्म नेपाल सरकार, प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेताले दुई देशबीचको लडाइँमा कसैको पक्ष विपक्षमा बोलेका छैनन् ।
प्रतिनिसभाको बैठकमा विभिन्न दलका सांसदहरूले स्वतन्त्र रूपमा आफ्ना धारणा राख्ने क्रम भने जारी छ । तर माओवादीमा भविष्यमा नेतृत्व गर्नसक्ने क्षमता भएका जनार्दन शर्माले भारतको पक्ष लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक छ,’ शर्माले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया